आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ
पाेखरा | असोज १३, २०७९
पोखरा : दशैं ,तिहार, नेपाल सम्बत तथा छठ पर्व २०७९को सन्दर्भमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान गरेको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरोकारवालाको समान दायित्व भएको बताए ।
‘तीन खम्बे अर्थनीति अन्तर्गत निजीक्षेत्रले आर्थिक समृद्धिको लागि योगदान पु¥याएको छ,’उनले भने, ‘राज्यका निकायले निजीक्षेत्रलाई लगानीको वातावरण बनाउनेदेखि अनुदान, बैंक व्याजदरमा सहुलियत प्रदान गर्नु पर्छ ।’ उनले केही निर्माण व्यवसायीले विकास निर्माणको कामलाई समयमा सम्पन्न नगर्ने समस्या रहेको बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उद्योग व्यवसायको संरक्षण र प्रवद्र्धनको लागि स्थानीय प्रशासनले ध्यान दिने बताए । उनले चाड पर्वलाई लक्षित गरी स्थानीय प्रशासनले गर्ने सयुक्त अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले कानुनको प्रभावकारी कार्यान्वयनको लागि सक्रियता पूर्वक लाग्ने उल्लेख गरे ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले कोभिड-१९को मारमा परेका उद्योग व्यवसायीलाई बंैक तथा वित्तिय संस्थाको चर्को व्याजदरको समस्या रहेको चर्चा गरे ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव देवराज शर्माले निजीक्षेत्र सवल भए राज्य सफल र समृद्ध बन्ने तर्क गरे । उनले निजी क्षेत्रले स्वच्छ, स्वस्थ व्यवसाय गर्नु पर्ने पक्षमा चेम्बर रहेको बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलले उद्योगी व्यवसायीको हक हितको लागि सामुहिक र संस्थागत रुपमा काम गर्ने चेम्बर तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका बस्तुगततर्फका उपाध्यक्ष उमराज बांस्तोला, महासचिव नवराज आचार्य, संस्थाका सल्लाहकार नन्द श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल,नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डे लगायतले उद्योगी व्यवसायीका समस्याको बारेमा बोलेका थिए ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

